रवि लामिछाने देखेर लोकमानसिंह कार्कीको याद आयो, ममाथि छानविन गर्नुस्: गगन थापा « Eglish Khabarhub

रवि लामिछाने देखेर लोकमानसिंह कार्कीको याद आयो, ममाथि छानविन गर्नुस्: गगन थापा



काठमाडौं । नेपाल कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई देखेर लाकमानसिंह कार्कीको याद आएको बताए ।

‘केही समयअघि एकजना आयोगका प्रमुख यस्तै घमन्ड देखाउँदै हिँड्थे,’ तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नाम उल्लेख नगरी थापाले भने, ‘आज उहाँ कहाँ हुनुहुन्छ भन्ने कुराको हेक्का सबैलाई रहोस् ।’

आफू कसैलाई पनि दोषारोपण गर्ने पक्षमा नभएको दाबी गर्दै उनले छानविन गर्छु भनेर धम्क्याउनूको साटो धमाधम फाइल खोल्न थाल्न आग्रह गरे ।

‘म माओवादीका प्रचण्ड, एमालेका ओली, लोकमानसिंह कार्की, राजा ज्ञानेन्द्रसँग लडेर आएको व्यक्ति हुँ,’ थापाले भने, ‘सबैले मलाई सिध्याउन नखोजेका होइनन् । तर, मेरो यो राजनीतिक करिअरमा थोरै मात्रै चुकेको भए कक्र्याक्कुक्रुक बनाइसक्थे । गृहमन्त्रीलाई मेरो अनुरोध छ ममाथि आरोप लगाउने होइन, कमजोरी छन् भने छानविन गर्नुहोस् ।’

Publish on: