![](https://internal.appharu.com/wp-content/uploads/2023/01/Panchthar-Power-cpmpany-768x395.jpg)
काठमाडौं । पाँचथर पावर कम्पनीले बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले जेठ २७ गतेका लागि सभा बोलाएको हो ।
सेयरधनीको हात खाली बनाएको कम्पनीले दुई वटा कम्पनीलाई मर्ज गर्ने भएको छ ।
पाँचथर पावर कम्पनीले श्री एक्सेस इन्भेष्टमेन्ट प्रा.लि. र मेगा भेन्चर प्रा.लि.लाई गाभ्ने प्रस्ताव गरेको छ । ‘पाँचथर पावर कम्पनीले श्री एक्सेस इन्भेष्टमेन्ट प्रा.लि. र मेगा भेन्चर प्रा.लि.लाई प्राप्ति-गाभ्ने सन्दर्भमा आवश्यक पर्ने विभिन्न समितिहरु गठन गर्ने, आवश्यक विषय, विज्ञहरुको नियुक्ति गर्ने र नियमनकारी निकायहरु वा अन्य कुनै कार्यालयहरुबाट कुनै पनि किसिमको फेरबदल गर्न, संशोधन गर्न, थपघट गर्न लगायत कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम कार्यहरु गर्न यस कम्पनीको संचालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने’ सभाको प्रस्तावमा उल्लेख छ । सभामा आयोजनामा पूनः निर्माणको लागी कर्जा थप गर्ने प्रस्ताव पेश गर्ने छ ।
सभामा लेखापरीक्षकद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन सहितको आय व्यय विवरण र वासलात माथि छलफल गरि पारित गर्ने प्रस्ताव रहेको छ । आगामी आव २०८०/०८१ को लागी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ । कम्पनीले सभा होटल इम्पेरीयल काठमाडौंमा गर्न लागेको छ । सभा ११ बजेबाट सुरु हुनेछ ।
SHARE YOUR THOUGHTS