काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतका लागि सर्टलिस्टमा परेका उम्मेदवारको आज अन्तरवार्ता हुँदैछ । बैंकको सीईओ बन्न आवेदन दिनेमध्ये ५ जनाको नाम छनोट भएर अन्तर्वार्ता हुन लागेको हो ।
छनोट समितिको सर्टलिस्टमा परेका कृष्ण बहादुर अधिकारी,देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसीमध्ये १ जनाले बैंकको नेतृत्व सम्हाल्नेछन् । यी मध्ये अधिकारी अर्को सरकारी बैंक नेपाल बैंकको पूर्व सीईओ हुन् भने खनाल बैंकको नायव प्रमुख कार्यकारी हुन् ।
यी ५ जनाले बुधबार व्यावसायिक कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ता हुँदैछ ।
बैंकको व्यवस्थापन प्रमुख बन्न यी ५ सहित रामदेव यादव, अगम मुखिया, दुर्गा कुमारी कँडेल (छतकुली), नरेशराज अर्याल, पवन रेग्मी, विष्णुबाबु मिश्र, डा. रामराज उपाध्याय, दीर्घबहादुर अर्याल, झविन्द्र खत्री, गणेश प्रसाद गौतम, सुरेश देवकोटा, प्रमोदबाबु तिवारी, कृष्णप्रसाद आचार्य, शंकर कुमार रायमाझी र माधव प्रसाद रेग्मीले आवेदन दिएका थिए ।
SHARE YOUR THOUGHTS