मुद्रण विभागका कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सरल कर्जा दिने « Eglish Khabarhub

मुद्रण विभागका कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सरल कर्जा दिने



काठमाडौं । सञ्चार तथा संचना प्रविधि मन्त्रालय मातहतको मुद्रण विभागका कर्मचारीहरुका लागि राष्ट्रिय वाणिज्य बैंकले अधिकतम १५ लाख रुपैयाँसम्मको सरल कर्जा दिने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा यस्तो सम्झौता भएको हो । राष्ट्रिय वाणिज्य बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र मुद्रण विभागका महानिर्देशक रेखा कँडेलले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

‘सम्झौतापछि मुद्रण विभागमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका करमचारीहरुलाई विभागको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्नेछ,’ सम्झौतामा उल्लेख छ ।

बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने पनि सम्झौतामा उल्लेख छ । हाल बैंकको आधार दर ७.३५ प्रतिशत रहेको छ । साथै विभागका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्ने बताइएको छ ।

यस सम्झौताबाट दुवै पक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । सम्झौताको क्रममा विभागका वरिष्ठ मुद्रण अधिकृत पद्मराज पाठक बैंकका विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी सिंहदरबार परिसर शाखाका प्रबन्धक अनिश रायमाझी लगायत अधिकारीहरु उपस्थित थिए । बैंकका हाल ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय साथै ३०८ वटा एटीएम र ७० वटा एक्स्टेन्सन काउन्टर छन् ।

Publish on: