काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीले राम्रो काम गरेको भन्दै उनीहरुले गरेको कामलाई सहयोग हुने गरी बजेट ल्याउन सुझाव दिएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा सांसद वाग्लेले आफ्ना पार्टीबाट गएका मन्त्रीहरुले राम्रो काम गरेको र उनीहरुले सुरु गरेको राम्रो कामलाई सहयोग हुने गरी बजेट आवश्यक रहेको बताए ।
उनले श्रम मन्त्रालय, गृह मन्त्रालय, श्रम मन्त्रालय, खेलकुद मन्त्रालय, शिक्षा मन्त्रालयबाट धेरै नै सुधारको काम भएको दाबी गरे।
उनले सोही अनुसार नै आगामी आर्थिक वर्षको बजेटलाई ठोस रुप दिन आवश्यक रहेको औंल्याए । ‘यी मन्त्रालयमा हामीले भनेको सुधारको काम भएको छ,’ उनले भने, ‘सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा हाम्रो समर्थन छ । अबको बजेटले ठोस रुप दिने गरेर बजेट आओस् ।’
वाग्लेले आर्थिक सिथिलता चिर्दै राजस्व बढाउने, दिगो रोजगारी दिने, सामाजिक रुपमान्तरणको जग अघि बढाउने, पूर्वाधारको सिथिल योजना अघि बढाउने गरी बजेट ल्याउन सुझाव दिए ।
SHARE YOUR THOUGHTS