
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले वीरगंज, पर्सास्थित साई डेण्टल क्लिनिकमा विशेष छुट पाउने भएका छन् ।
सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले साई डेण्टल क्लिनिकका सेवाहरुमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउने विषयमा हालै सम्झौता भएको हो ।
यस्तो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जनाएको छ ।
डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
SHARE YOUR THOUGHTS