
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा सहभागी हुन पुगेका छन् । आज नेपालले नेदरल्याण्डसँग टी २० विश्वकपअन्तर्गतको पहिलो खेल खेल्दै छ ।
अमेरिका पुगेको नेपाली टीमको समर्थनमा उनीहरूले राष्ट्रिय टोलीको जर्सी लगाएर संसद पुगेका हुन् ।

बैठकमा प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए ।
१० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको नेपालले आज नेदरल्यण्डससँग समूह ‘डी’अन्तर्गतको पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट खेल्ने छ ।






SHARE YOUR THOUGHTS