
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नहरुको जवाफ दिएका छन् ।
जेठ २० गतेदेखि संसदमा बजेटमाथिको छलफल सुरु भएको थियो ।
छलफलमा पूर्वअर्थमन्त्रीहरु प्रकाशशरण महत, विष्णु पौडेलसहित ७८ सांसदहरुले प्रश्न गरेका थिए ।
बुधबार प्रतिनिधि सभाको बैठकमा मन्त्री पुनले सांसदहरुले राखेको प्रश्नको जवाफ दिएका हुन् ।
जवाफ दिँदै अर्थमन्त्री पुनले विभिन्न पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच रणनीति र पाँच रूपान्तरणकारी क्षेत्र पहिचान गरी सोको कार्यान्वयनबाट बजेटले लिएको लक्ष्य हाँसिल हुने विश्वास लिएको उल्लेख गरे ।
सांसदहरुले सिलिङ्गभन्दा बढी ठूलो आकारको महत्वाकांक्षी र वितरणमुखी बजेट, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग र सोभरेन वेल्थ फन्डको औचित्यता, पुराना कार्यक्रमको निरन्तरतामा कमी, उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित हुन नसकेको,कृषिमा लगानी दशक घोषणा तर बजेट विनियोजनमा कमी लगायतका प्रश्न अर्थमन्त्रीलाई गरेका थिए ।
SHARE YOUR THOUGHTS