
काठमाडौं । सिटिजन्स बैंकका ग्राहक तथा कर्मचारीहरूलाई बुटवलको मैत्रीपथस्थित ग्यास्ट्रो सेन्टरले आफ्ना सेवामा विशेष छुट दिने भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवलको ग्यास्ट्रो सेन्टरबीच नयाँ सम्झौता भएको हो ।
समझदारी अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ग्यास्ट्रो सेन्टर बुटवलका सेवाहरुमा २०% सम्मको आकर्षक छुट पाउने व्यवस्था गरिएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
SHARE YOUR THOUGHTS