हरित पर्यावरणीय योजनामा महालक्ष्मी विकास बैंकको निरन्तरता, विद्युतीय सवारीको प्रयोग « Eglish Khabarhub

हरित पर्यावरणीय योजनामा महालक्ष्मी विकास बैंकको निरन्तरता, विद्युतीय सवारीको प्रयोग



काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरता दिँदै विश्व वातावरण दिवसको अवसरमा आफ्नो कार्यालय प्रयोजनका लागि पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको छ।

बैंकले आफ्नो वार्षिक उत्सव महिनाको रुपमा रहेको जेठ महिना तथा ३० औं वार्षिक उत्सव र विश्व वातावरण दिवसको अवसरमा दुई वटा विद्युतीय सवारी प्रयोगमा ल्याएको हो।

बैंकले क्रमश विद्युतीय गाडीहरूको प्रयोग बढाउँदै जाने पनि बताएको छ। यस्तै बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर यही जेठ २२ गते मंगलबार देखि २५ गते बिहीबार (तिन दिन) सम्म ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२४’ (श्रृङखला ३) ललितपुरको इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना गरिरहेको छ।

Publish on: