
काठमाडौं । बाढीले क्षति पुगेको शुभम पावर कम्पनीले निर्माण गरेको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजना (९९० किलोवाट) ले विद्युत उत्पादन थालेको छ ।
२०८० असार २ गते आएको बाढीले ब्यापक क्षति पुर्याएको आयोजनाको उत्पादन बन्द भएको थियो ।
अहिले आयोजनाको पुनः निर्माण कार्य एंव पावरहाउस तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरुको आवश्यक परिक्षण तथा मर्मत पछि जेठ २२ गतेदेखि विद्युत उत्पादन सुरु भएको जनाएको छ ।
SHARE YOUR THOUGHTS