उपचार नपाएर आमा गुमाउनु पर्दाको पीडाले जन्माएको, अन्तर्राष्ट्रिय स्तरको हस्पिटल « Eglish Khabarhub

उपचार नपाएर आमा गुमाउनु पर्दाको पीडाले जन्माएको, अन्तर्राष्ट्रिय स्तरको हस्पिटल




काठमाडौं।गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्तोले एम्बुलेन्स र नजिक अस्पताल नभएकै कारण आफुले बाल्यकालमा आमा गुमाउनु परेका कारण मेडिकल उद्योगमा लगानी गरेको बताएका छन् ।

उनले ललितपुरको भैसेपाटीमा करिब ३ सय ५० करोड रुपैयाँको लगानीमा अन्तर्राष्ट्रिय स्तरको नेपाल मेडिसिटी हस्पिटल संचालनमा ल्याएका हुन् ।

एनआरएनएको स्थापना दिबसको अबसर पारेर संचालनमा ल्याइएको अस्पतालको शुभारम्भ डा. महत्तो, गैरआवासिय नेपाली संघका अध्यक्ष शेष घले, गैरआवासिय नेपाली संघका पुर्बअध्यक्ष जिवा लामिछाने, एफएनसीसीआईका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले गरेका थिए ।

पछिल्लो समयमा एनआरएनहरुले सेवा क्षेत्रमा लगानी बढाउँदै लगेका छन् । कार्यक्रममा बोल्दै एफएनसीसीआइृका उपाध्यक्ष ढकालले भने ‘नेपालमा यस्तै ठुला आयोजनाको खाँचो छ, यहाँ लगानीको प्रतिफल निश्चित छ, अब उत्पादन मुलक, पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्नुहोस् ।’

सिएनआईका अध्यक्ष हरिभक्त शर्माले बिदेशमा बिरामी परेपनि उपचारकोलागी नेपाल आउने वातारण निर्माण गर्न अपिल गरेका थिए ।

अस्पतालले गैरआवासीय नेपालीका बुबा आमाको उपचारको बिषेश प्रडक्ट तयारपारेको छ । जसमा ९ सय ५० डलर बर्षिकरुपमा तिरेपछि बुबाआमाको स्वास्थ चेकअप अस्पतालले गर्नेछ । उक्त प्रडक्ट जिवा लामिछानेले लिएर सेवाको सुरुवात गरेका थिए ।

Publish on: