![](https://internal.appharu.com/wp-content/uploads/2023/05/Prime-Bank.png)
काठमाडौं । प्राइम कमर्सियल बैंकले दुई नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो सञ्जाल विस्तार गरेको जनाएको छ ।
बैंकले २०८१ साल जेठ २५ गते गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा विस्तारित काउन्टर खोलेको हो । स्थानीय उद्योगी, व्यवशायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, का वडाअध्यक्ष शजय राम महतले गोकर्णेश्वर एक्सटेन्सन काउन्टरको समुदघाटन गरे । यसैगरी, जेठ २७ गते आइतबार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ३, भद्रवासमा खुलेको विस्तारित काउन्टरको उद्घाटन वडा नम्वर ३ का वडाअध्यक्ष राममणि पुडासैनीले स्थानीय उद्योगी, ब्यवसायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीेको उपस्थितिमा गरे ।
सो सामारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले आफ्ना ग्राहकहरुलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।
नयाँ २ एक्सटेन्सन काउन्टर सहित बैंकको शाखा संख्या १८९ र एक्सटेन्सन काउन्टर संख्या ५ पुगेको छ ।
SHARE YOUR THOUGHTS