![](https://internal.appharu.com/wp-content/uploads/2024/04/sajha-yatayat2-768x403.png)
काठमाडौं । साझा यातायातले विद्युतीय बसपछि विद्युतीय माइक्रो बस सञ्चालन गर्ने तयारी गरेको छ ।
साझाले २५ वटा इलेक्ट्रिक माइक्रो बस खरिद गर्नका लागि ठेक्का निकालेको छ । ५ वटा इलेक्ट्रिक स्कुटरका लागि समेत ठेक्का निकालेको छ । ३० दिनसम्म इच्छुक कम्पनीले आवेदन दिन सक्नेछन् । ३० लाख रुपैयाँ बिड सेक्युरिटी राखेर कम्पनीहरुले इलेक्ट्रिक माइक्रो बसको ठेक्कामा आवेदन दिन सक्नेछन् ।
उपत्यका वरिपरिपका स्थानहरुमा १५ र बाँकी रहेका १० उपत्यकमा सञ्चालन गर्ने योजना बनाएको छ ।
SHARE YOUR THOUGHTS