![](https://internal.appharu.com/wp-content/uploads/2017/05/himalayanbank.jpg)
काठमाडौं । हिमालयन बैंकका ६ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएका छन् ।
६ जना सेयरधनीले ५० लाख ९१ हजार ८१८ कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।
बैंकका संस्थापक सेयरधनी सुप्रिना मास्केको नाममा रहेको ८ हजार ३५७ कित्ता, शैलेश नाथ मास्केको नाममा रहेको ८ हजार ३५७ कित्ता, पुन प्रसाद सुवेदीको नाममा रहेको ४० हजार ९४३ कित्ता, म्युचल ट्रेडिङ कम्पनीको नाममा रहेको ५० लाख उपेन्द्र मान प्रधानको नाममा रहेको २ हजार ९२४ कित्ता र स्वान इन्टरनेशनल प्रालिको नाममा रहेको ३१ हजार २३७ कित्ता सेयर बिक्रीमा रहेको छ ।
यो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ ।
SHARE YOUR THOUGHTS