काठमाडौं । काठमाडौं उपत्यकामा निर्माण गरिने भनिएको ४ वटा स्याटलाईट सिटीहरुको आधारभूत कार्य १ बर्षभित्रमा कार्यान्वयन गर्न सहरी विकास मन्त्रालयललाई व्यवस्थापिका संसदको विकास समितिले निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले मन्त्रालयलाई सो निर्देशन दिएको हो ।
समितिले ४ वटा स्याटलाईट सिटीहरुको आधारभू कार्य जग्गा प्राप्ती, नक्शांकन तथा उपलब्ध गराउनु पर्ने सेवा सुविधाहरु सहितको प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट (पीडीए) डीटेल प्रोजेक्ट रिर्पोट (डीपीआर) एक बर्ष मित्र अनिवार्य रुपमा तयार पार्न मन्त्रालयलाई निर्देशन दिएको विकास अध्यक्ष रविन्द्र अधिकारीले बताए ।
सरकारले काठमाडौं उपत्यकाको अव्यवस्थित सहरीकरणलाई व्यवस्थित बनाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका १ लाख ३० हजार रोपनी क्षेत्रफलमा ४ वटास्याटलाईट सिटी बनाउने बताउँदै आएको छ । स्याटलाईट सिटी बनाउँनका लागि सरकारले सो क्षेत्रको जग्गामा भौतिक संरचना निर्माण र खरिद बिक्रीमा समेत रोक लगाई सकेको छ ।
स्याटलाईट सिटीको डीपीआर तयार गर्नका लागि प्रारम्भिक चरणमा ५ वटा कम्पनी पनि छनोट गरिसकेको काठमाडौं उपत्यका विकास प्राधिकरणले जानाएको छ ।
ती ५ कम्पनीमध्येबाट स्याटलाई सिटीको डीपीआर निर्माण गर्ने कम्पनीको छनोट गरिने छ ।
SHARE YOUR THOUGHTS