बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिजले आईपीओ ल्याउने « Eglish Khabarhub

बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिजले आईपीओ ल्याउने



काठमाडौं । बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिजले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४५ करोड रुपैयाँको ४५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । त्यसका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र सनलाइफ क्यापिटललाई प्रत्याभुतिकर्तामा नियुक्त गरेको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग, सनलाइफ क्यापिटल र बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिजबीच सेयर प्रत्याभुति गर्ने सम्झौतामा त्रिपक्षीय हस्ताक्षर भएको हो ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, सनलाइफ क्यापिटलका सञ्चालक राजकुमार अर्याल तथा बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिजको तर्फबाट अध्यक्ष नवराज बुर्लाकोटीले सेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा त्रिपक्षीय हस्ताक्षर गरेका छन् ।

कम्पनीले कृषि एवं खाद्य सामाग्री उत्पादन, व्यापार तथा वितरण, सामुदायिक खेती, होटल तथा पर्यटन, कृषि, शिक्षा, र स्वच्छ उर्जा लगायत विविध क्षेत्रमा आफ्नो व्यावसायिक गतिविधि सञ्चालन गरिरहेको छ ।

Publish on: