![](https://internal.appharu.com/wp-content/uploads/2024/06/pravuagantuk.jpg)
काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई धुलीखेलमा अवस्थित आगन्तुक रिसोर्टले विशेष छुट दिने भएको छ । प्रभु बैंकले एक समारोहबीच आगन्तुक रिसोर्टसँग नयाँ सम्ौझता गरेको हो ।
प्रभु बैंकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन् । नयाँ सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।
उक्त रिसोर्टबाट चण्डेश्वरी, धनेश्वर, देवीस्थान, गौखुरेश्वर, नमोबुद्ध, बेथानचोक नारायण, गोसाईकुण्ड जस्ता प्रसिद्ध धार्मिक स्थल अवलोकन गर्न सकिन्छ । साथै गणेश हिमाल, जुगल हिमाल जस्ता अन्य विभिन्न हिमश्रृंखला पनि देख्न सकिन्छ ।
काठमाडौंको कोलाहलबाट केहीबेर बाहिर निस्कन र रमाइलो गर्नका लागि यो एक उपयुक्त स्थान हो । आन्तरिक एवंम बाह्य पर्यटनका लागि काभ्रे जिल्ला रमणीय स्थलको रुपमा प्रख्यात छ । उक्त रिसोर्टबाट सूर्योदयदेखि सूर्यास्तसम्मको दृश्य अवलोकन गर्न सकिन्छ ।
SHARE YOUR THOUGHTS