![](https://internal.appharu.com/wp-content/uploads/2019/07/stock-market-down.jpg)
काठमाडौं । सेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ ।
यो दिन बजार मापन गर्ने सूचक ९.३२ अंकले घटेर परिसूचक २११२.२९ बिन्दु कायम भएको छ । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिमसम्म पनि कायमै रह्यो ।
यो दिन ३१३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर ६ अर्ब ४४ करोड ३० लाख २९ हजार २०८ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबारमा बैकिङ, होटल, जलविद्युत, जीवन बिमा, माइक्रोफाइनान्स, निर्जीवन बिमा, ट्रेडिङ र अन्य समूहको उपसूचक घटेको छ भने विकास बैंक र वित्त समूहको उपसूचक बढेको छ ।
कारोबारमा सम्बृद्दि फाइनान्स, कुथली बुखरी स्मल हाईड्रो, साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/image-18-732x768.png)
SHARE YOUR THOUGHTS