![](https://internal.appharu.com/wp-content/uploads/2024/06/raja-Chyau-1.jpg)
काठमाडौं । राजा च्याउको मूल्य १० रुपैयाँले बढेको छ । शुक्रबारदेखि आइतबारसम्म स्थिर मुल्य रहेको राजा च्याउको मूल्य सोमबार एक्कासी बढेको हो ।
शुक्रबारदेखि आइतबारसम्म प्रतिकिलो २९० रुपैयाँमा बिक्री भएको यो च्याउ सोमबार ३ सय रुपैयाँमा बिक्री भएको हो । यस्तै आइतबार प्रतिकिलो २९० रुपैयँमा बिक्री भएको डल्ले च्याउको मूल्य पनि सोमबार १० रुपैयाँले बढेर प्रतिकिलो ३ रुपैयाँले कारोबार गरेको छ ।
आइतबार १६५ रुपैयाँ प्रतिकिलोमा कारोबार गरेको कन्ये च्याउ सोमबार १८० रुपैयाँमा बिक्री भएको छ । सोमबार मुश्लिम समुदायको पर्व भएकाले सबै प्रकारको तरकारीको मूल्यमा केहि हेरफेर भएको बताइएको छ ।
सोमबार स्वदेशी ठूलो गोलभेडाको मूल्य पनि निक्कै घटेको छ । सोमबार यो गोलभेडाको मूल्यमा २५ रुपैयाँले कमि आएको छ । आइतबार प्रतिकिलो ६५ रुपैयाँमा कारोबार भएको यो गोलभेडाको मूल्य सोमबार ३५ रुपैयाँमा झरेको छ । यस्तै आइतबार प्रतिकिलो १२.३३ पैसामा बिक्री भएको स्वदेशी सानो गोलभेडा सोमबार २० रुपैयाँमा बिक्री भएको छ ।
आइतबार प्रतिकिलो ५३.६७ रुपैयाँमा बिक्री भएको रातो आलु सोमबार ५६ रुपैयाँमा कारोबार गरेको छ । मुढेको रातो आलु भने सोमबार ५२ रुपैयाँमा बिक्री भएको छ । आइतबार यहि आलु ४९ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो ।
करिब एक सातादेखि प्रतिकिलो ८३ रुपैयाँमा बिक्री भएको प्याजको मूल्यमा २ रुपैयाँले बृद्धि भएर सोमबार ८५ रुपैयाँमा बिक्री भएको छ ।
आइतबार प्रतिकिलो ७५ रुपैयाँमा बिक्री भएको तने बोडी सोमबार ८० रुपैयाँमा बिक्री भएको छ । परबरको मूल्यमा सोमबार ५ रुपैयाँ बढेको छ । आइतबार ७५ रुपैयाँमा बिक्री भएको परवर सोमबार ८० रुपैयाँमा बिक्री भएको छ ।
सोमबार स्वदेशी बन्दा २५, स्थानीय काउली ६०, स्थानीय ज्यापु काउली ७०, लाम्चो भान्टा ३५, स्थानीय घिउ सिमी ६०, लौका ५०, घिरौंला ५०, लाम्चो हरियो फर्सी ३५, पाकेको फर्सी ४०, भेडे खुर्सानी ४०, कटहर ३६.६७, हरियो डल्ले फर्सी ३५, भिण्डी ४०, स्कुस ५५, रायो साग ४० र तोरीको साग ४० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
कालिमाटी बजारमा सोमबारको तरकारीको थोक मूल्य
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/A-31-543x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/a32-543x768.jpg)
प्रतिक्रिया