![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Rayo-sag.jpg)
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार घिउ सिमी राजमाको मूल्य किलोमा २० रुपैयाँ घटेको छ ।
सोमबार प्रतिकिलो १३० रुपैयाँमा बिक्री भएको घिउ सिमी राजमाको मूल्य घटेर मंगलबार प्रतिकिलो ११० रुपैयाँमा बिक्री भएको छ ।
सोमबारजस्तै मंगलबार पनि लोकल परवर ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै सोमबार प्रतिकिलो ५१.६७ मा बिक्री भएको स्कुस मंगलबार भने ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
सोमबार प्रतिकिलो ३६.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको रायो साग मंगलबार ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । रायो सागमा सोमबारको तुलनामा मंगलबार प्रतिकिलोमा ८ रुपैयाँ ३३ पैसा मूल्य बढेको छ । तोरीको सागको मूूल्य भने मंगलबार घटेको छ । सोमबार प्रतिकिलो ३५ रुपैयाँमा बिक्री भएको तोरीको साग मंगलबार भने २५ रुपैयाँमा बिक्री भएको छ ।
मंगलबार कन्ये च्याउ १३३, डल्ले च्याउ २७६, राजा च्याउ २७६, भेडे खुर्सानी ४५, भिण्डी ३५, हरियो फर्सी डल्ले ४०, हरियो फर्सी लाम्चो ३५, पाकेको फर्सी ४० झिगुनी ६५, घिरौला ४५, परवर तराई ५५, परवर लोकल ६५ र लौका ४५ रुपैयाँमा बिक्री भएको छ ।
यस्तै तिते करेला ४५, घिउसिमी लोकल ५५, तने बोडी ६५, लाम्चो भान्टा ३५, स्थानीय ज्यापु काउली ६५, स्थानीय काउली ५५, बन्दा २२.२३, सुकेको प्याज ८२.२५, मुढेको रातो आलु ५१, रातो आलु ५३.३३, टनेलको सानो गोलभेडा १९.६७, सानो गोलभेडा लोकल १५ र स्वदेशी ठूलो गोलभेडा ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
कालिमाटी बजारमा मंगलबारको तरकारीको थोक मूल्य
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Ashar-4-1-543x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Ashar-4-2-543x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Ashar-4-3-768x608.jpg)
SHARE YOUR THOUGHTS