![](https://internal.appharu.com/wp-content/uploads/2024/06/nagarsabha-ktm.png)
काठमाडौं । काठमाडौ महानगरपालिकाका मेयेर बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेको स्टाटसको चर्को बिरोध भएको छ।
सोमबार महानगरको १५ औं नगरसभाको बैठकमा जनप्रतिनिधिले बालेनको स्ट्याटसको चर्को बिरोध गरेका हुन् ।
बालेनले यसअघि नगरसभा स्थगित भएको भन्दै ३ जना नेताले १६० जनाको अधिकार खुम्च्याएको भनेर स्टाटस लेखेको भन्दै एमाले कांग्रेस र समाजवादीका जनप्रतिनिधिले बिरोध गरेका हुन् ।
एमालेका तर्फबाट नवराज पराजुली, कांग्रेसका नविन मानन्धर र समाजवादीका ईश्वरमान डंगोल बालेनको चर्को बिरोध गरेका हुन् । तीन जनाले करिब १ घन्टा बोल्दा अधिकांश समय मेयरको स्टाटसको आलोचना गरेका थिए ।
यसअघिको नगर सभमा पेस भएको महानगरको आगामी आबको नीति तथा कार्यक्रममा छलफल गर्न माग गर्दा मेयेर शाहले बैठक रोकेको र पछि स्टाटस लेखेको भन्दै उनीहरुले बिरोध गरे । स्टाटसमा ३ जनाले लेनदेन गरेको भन्दै लेखेको प्रति डंगोलले कसले को सँग के लेनदेन गर्यो भन्दै प्रश्न गरे ।
SHARE YOUR THOUGHTS