![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Hit-bahadur-tamang.jpg)
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले नेपाल धार्मिक, सांस्कृतिक, पुरातात्वीक सम्पदाहरुका हिसाबले असाध्य धनी रहेको र खासगरी हिन्दू बाहुल्य देश भएकाले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको बताएका छन् ।
चितवनको देवघाटधाम संरक्षण प्रतिष्ठानले निर्माण गर्न लागेको अष्टधातु शिवमुर्तिको शिलन्यास गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन् ।
उनले नेपालमा हवाई मार्गबाट मात्र नभएर स्थलमार्गबाट पनि लाखौंको संख्यामा धार्मिक पर्यटक ल्याउन सकिने प्रतिबद्धता व्यक्त गरे । अष्टधातु शिवमुर्ति निर्माणका लागि प्रधानमन्त्रीसँगको सल्लाहमा बजेट व्यवस्था गरिएको जानकारी दिँदै देशको विकास र समृद्धिको एउटा आधार पर्यटन भएकाले त्यसमा धार्मिक पर्यटनको पनि भूमिका हुने बताए ।
यस्तै राज्य धर्मनिरपेक्ष भएकाले सबै धर्मलाई समान रुपले हेर्ने भन्दै नेपालमा सबै खाले धार्मिक पर्यटक आउने गरेको उल्लेख गरेका थिए ।
SHARE YOUR THOUGHTS