
काठमाडौं । पछिल्लो समयमा हवात्तै बढेको प्याजको मूल्यमा भने शुक्रबार गिरावट आएको छ । पछिल्लो ७ दिनको अवधीमा प्याजको मूल्यमा अस्वाभाविक रुपमा मूल्य बृद्धि भएको थियो ।
सात दिन अघिसम्म थोकमा ८३ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको प्याजको मूल्य बढ्दै गएर बिहिबार १ सय २ प्रतिकिलोसम्म पुगेको थियो । शुक्रबार भने प्याजका मूल्यमा ५ रुपैयाँले घटेको छ ।
उता ब्रोकाउलीको मूल्य पनि अत्याधिक बढेको छ । कालिबाटी तरकारी बजारमा मंगलबार ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको ब्रोकाउलीमा एकैपटक ४५ रुपैयाँसम्म बृद्धि भएर शुक्रार १३० रुपैयाँमा बिक्री भएको छ ।
कालिमाटी तरकारी बजारका अनुसार शुक्रबार प्रतिकिलो ९७ रुपैयाँ प्रतिकिलोमा प्याज बिक्री भएको हो । यसैगरी स्वदेशी ठूलो गोलभेडा ६६.६७, स्वदेशी सानो गोलभेडा २१, स्वदेशी टनेलको स्वदेशी गोलभेडा ३१, रातो आलु ५८ र मुढेको रातो आलु ५१.३३ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
गाजर ७०, बन्दा ३०, स्थानीय काउली ६६, ज्यापु काउली ७५, सेतो मुला ५५, लाम्चो भान्टा ४५, तने बोडी ५६, घिउसिमी ६३, राजमा घिउ सिमी ११०, तिते करेला ४६, लौंका ५६, परवर ३९, घिरौला ६५। पाकेको फर्सी ३७.५०, हरियो डल्ले फmर्सी ३०, भिण्डी ४५, स्कुस ६६.६७, रायो साग ५६.६७, तोरीको साग ३५, राजा च्याउ २९०, कन्ये च्याउ १७० र डल्ले च्याउ २८८ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै कटहर ४५, अदुवा २९०, भेडे खुर्सानी ५२, अकवरे खुर्सानी ४५० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
कालिमाटी बजारमा शुक्रबारको तरकारीको थोक मूल्य



SHARE YOUR THOUGHTS