स्थानीय तहले ५ वर्षदेखि सडक बत्तिको पैसा तिरेनन्,  कसको कति छ बक्यौता ? « Eglish Khabarhub

स्थानीय तहले ५ वर्षदेखि सडक बत्तिको पैसा तिरेनन्,  कसको कति छ बक्यौता ?


१७ असार २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

तस्बिर: नेपाल विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्थानीय तहहरुलाई ४५ दिनभित्र सडक बत्तिको महसुल तिर्न निर्देशन दिएको छ ।

प्राधिकरणले सूचना प्रकाशन गर्दै ६० महिनादेखि सडक बत्तिको बक्यौता नतिरेको भन्दै ४५ दिनभित्र किस्ताबन्दीमा तिर्न आग्रह गरेको हो । प्राधिकरणको सञ्चालक समितिले किस्ताबन्दीमा बुझाउने पाउने गरी ४५  दिनको समय  दिने निर्णय गरेको हो । प्राधिकरणले थप दस्तुरसहित बुझाउन सम्बन्धित वितरण केन्दरमा सम्पर्क गरेर किस्ताबन्दीको सुविधा उपयोग गर्न आग्रह  गरेको छ ।

प्राधिकरणको तथ्यांक अनुसार गएको असार मसान्तसम्म सडक बत्तिको बक्यौता ६ अर्ब ८ करोड ९४ लाख रुपैयाँ पुगेको छ । ३३२ वटा स्थानीय तहले सडक बत्तिको महसुल तिरेका छैनन् । अहिले यो रकम केहि बढेको छ भने यसमा २५ प्रतिशत जरिवाना समेत लाग्नेछ ।

प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार सबैभन्दा धेरै बक्यौता काठमाडौं महानगरपालिकाको छ । महानगरको १ अर्ब ७९  करोड रुपैयाँ बक्यौता छ ।  महानगरपालिकालाई पटक पटक ताकेता गरेपनि बक्यौता तिर्न आएको छैन् । प्राधिकरणले विभिन्न स्थानको लाइन काटेको थियो ।

महानगरपालिकाको बालाजु वितरण केन्द्रमा ३९ लाख २० हजार रुपैयाँ, बानेश्वर वितरण केन्द्र ४६ करोड ४२ लाख रुपैयाँ, रत्नपार्क वितरण केन्द्रको ८५ करोड ८१ लाख रुपैयाँ, कीर्तिपूर वितरण केन्द्र २६ लाख रुपैयाँ, कुलेश्वर वितरण केन्द्र २८ करोड ९ लाख रुपैयाँ, महाराजगञ्ज वितरण केन्द्रको १७ करोड १८ लाख रुपैयाँ बक्यौता छ ।

ललितपुर महानरपालिकाको २४ करोड ४१ लाख रुपैयाँ बक्यौता छ । धरान उपमहानरगपालिकाले सडक बत्तीको महसुल नतिरेको भन्दै लाइन काटेको थियो । तर धरानका मेयर हर्क साम्पाङले आफ्ना कर्मचारीलाई लाइन जोड्न लगाएका थिए । धरानको २ करोड ५९ लाख रुपैयाँ बक्यौता छ ।

स्थानीय तहहरुले भने बक्यौता तिर्न अटेर गर्दै आएका छन । उनीहरुले सडक बत्तीको बक्यौता तिर्नुपर्न भए पोल गाडेको भाडा माग्दै आएका छन् ।

कुन स्थानीय तहको कति बक्यौता छ ?

बुटवल उपमहानगरपालिका ८ करोड १७ लाख रुपैयाँ बक्यौता बाँकी छ । नेपालगञ्ज उपमहानगरपालिका १९ करोड ९१ लाख रुपैयाँ रहेको छ । विराटनगर महानगरपालिकाको ८ करोड रुपैयाँ छ ।

प्रकाशित मिति : १७ असार २०८१, आइतबार ००:००  ११ : १७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping