![](https://internal.appharu.com/wp-content/uploads/2024/07/449608859_18360097852102580_4624053325094756278_n-768x580.jpg)
काठमाडौं । नेपालमै उत्पादन भइरहेको विद्युतीय मोटरसाइकल यात्री र सिप्रदी ट्रेडिङले दुईपाङग्रे सवारीसाधन उत्पादन, प्रवर्द्धन र बजारीकरणका लागि सयुक्त कम्पनी स्थापना गर्ने सम्झौता गरेका छन् ।
दुई कम्पनीबीच सहकार्य गर्न सम्झौता भएको हो । ‘यात्रीसँग सहकार्य गर्ने सम्झौता भएको छ । यहि नयाँ प्रोडक्ड डिजाइन गरेर उत्पादन गर्न सम्झौता भएको हो, ‘ सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘हामी बजारको माग अनुसार दुईपाङग्रे नेपालमा नै उत्पादन गर्छौं ।’
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/449646249_18360097861102580_6060954653565284019_n-768x582.jpg)
सन् १९८२ देखि अटोमोबाइल सम्बद्ध व्यवसायहरूमा सिप्रदीले काम गरिरहेको छ । सिप्रदीको अनुभवले यो संयुक्त सहकार्यलाई फाइदा हुने विश्वास दुई कम्पनीले लिएका छन् ।
यात्री नेपालमा पहिलो इलेक्ट्रिक बाइक उत्पादन गरिरहेको कम्पनी हो । जसलाई बजारीकरण र लगानीको खाँचो छ । उत्पादन परिमाण बढाउन र बजारीकरणका लागि सिप्रदी ट्रेडिङले साझेदारी गर्नेछ । यात्रीसँग साँझेदारी गरेर अघि बढ्न सिप्रदी ट्रेडिङ तयार भएको हो । ‘यो साझेदारीले हामीलाई यस क्षेत्रमा उत्कृष्ट नेटवर्क निर्माण गर्न अनुमति दिँदै किफायती तर अत्याधुनिक विद्युतीय सवारी साधनहरू निर्माण गर्न सक्षम बनाउँछ,’ यात्री डिजाइन स्टुडियोका संस्थापक तथा सीइओ असिम पाण्डेले भने ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/449610728_18360097879102580_5503617545604517562_n-768x580.jpg)
सिप्रदी ट्रेडिङका सीइओ श्रेष्ठले यो सयुक्त कम्पनी बनाएर दीर्घकालीन रुपमा अघि बढ्ने बताए ।
SHARE YOUR THOUGHTS