![](https://internal.appharu.com/wp-content/uploads/2024/07/saptakoshi1-768x403.png)
काठमाडौं । सप्तकोशीमा पानीको बहावले सीमा नाघेपछि पुगेसँगै हाइ अलर्ट जारी गरिएको छ ।
आइतवार बिहानदेखि नै सप्तकोशीमा पानीके बहाव बढ्ने क्रम जारी छ । कोशीमा अझै पानीको बहाव बढ्ने अनुमान रहेको र सबै ५६ वटा ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।
उनले पानीको बहाव तीन लाख ५० हजार भन्दा माथि पुगिसकेपछि भारतीय पक्षसँग कुरा गरेर ५६ वटै ढोका खुला गरिएको बताए । उनले अवस्था सामान्य भएपनि कोशीमा पानी अझै बढ्नसक्ने भएकाले उच्च शतर्कता अपनाइएको बताए ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/saptakoshi-768x403.png)
‘पानीको बहाव बढ्दै गइसकेपछि हामीले तीन लाख ५० हजार भन्दा माथि पानी पुगिसकेपछि भारतीय पक्षसँग पनि कुरा गरेर कुनैपनि जोखिम नहोस् भनेर ५६ वटै ढोका खोलेका छौँ । पानी बढिरहेको अवस्था छ । अझै केही बढ्नसक्छ भन्ने अनुमान छ । काशी नदीको बहाव उच्च शतर्कतामा पुगेको अवस्था छ । हामीले हिजोदेखि नै हाम्रो तटिय भेगमा बस्ने सबै नागरिकलाई शतर्क रहन आग्रह गरेका छौँ । प्रशासन हर तरहले अलर्ट छ । सबैले नियाल्नुपर्ने अवस्था छ’ उनले भने ।
उनले शनिवारबाटै तटीय भेगमा बस्ने नागरिकलाई शतर्क रहन आग्रह गरेको र प्रशासन सम्पूर्ण रुपमा तयारीमा रहेको बताए ।
SHARE YOUR THOUGHTS