![](https://internal.appharu.com/wp-content/uploads/2023/06/degital-payment-nep_-india.png)
काठमाडौं । चीन, श्रीलंका, बंगलादेशका पर्यटक नेपाल आउँदा नगद बोक्नु नपर्ने गरि नेपाल राष्ट्र बैंकले तयारी गरेको छ । केन्द्रीय बैंकले चीनको अलिपे, श्रीलंकाको लंकापे लगायतसँग अन्तरदेशीय कारोबारको सम्झौता गर्ने तयारी गरेको हो ।
राष्ट्र बैंकका गभर्नर अधिकारीले यी भुक्तानी सेवा प्रदायकसँग एग्रिमेन्ट अन्तिम चरणमा पुगेको बताए र चाँडोभन्दा चाँडो घोषणा गर्न आतुर रहेको बताए ।
अलिपेसँगको सहकार्यले चीनसँगै थाइल्यान्डलगायत दक्षिण पूर्वी एसियाबाट पर्यटक नेपाल आउँदा नगद बोक्नुपर्ने छैन ।
क्रसबोर्डर पेमेन्ट डिजिटल बन्दै गर्दा अब नेपाल आउने पर्यटकले नगद बोक्नुपर्ने छैन । उनीहरूले क्युआरबाटै भुक्तानी गर्न सक्ने छन् ।
अहिले भारतीय नागरिक नेपाल आउँदा नगद बोक्नुपर्दैन । राष्ट्र बैंकले नेपाली नागरिक पनि भारत घुम्न जाँदा नगद बोक्नु नपर्ने गरि क्रसबोर्डर भुक्तानीको तयारी गरिरहेको छ ।
गभर्नर अधिकारीले भारतीय नागरिक नेपाल आउँदा बोक्न मिल्ने नोटको सीमा तोक्ने तयारी भइरहेको बताए ।
SHARE YOUR THOUGHTS