![](https://internal.appharu.com/wp-content/uploads/2020/01/interest-1.jpeg)
काठमाडौं । साउन महिनाका लागि एएटा सरकारी सहित दुई वटा बैंकले ब्याज बढाएर दिने भएको छन् । ब्याज बढाएर दिनेमा कृषि विकास बैंक र एभरेष्ट बैंक रहेका छन् ।
असार महिनामा कृषि विकास बैंकले ५.६६ प्रतिशत ब्याज दिएको थियो । साउनमा भने ६.२९ प्रतिशत ब्ष्याज दिने भएको छ । यस्तै एभरेष्ट बैंकले पनि असारको तुलनामा बयाज बढाएको छ । असारमा ५.७५ प्रतिशत ब्याज दिएको बैंकले साउनमा ६.३० प्रतिशत ब्याज दिने भएको छ ।
असारको ब्याजदरलाई साउनमा पनि निरन्तरता दिने ५ वटा बैंक रहेका छन् । स्ट्याण्डर्ड चार्टर्ड, नबिल, लक्ष्मी सनराइज, नेपाल एसबिआई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्याजदर यथावत राखेका छन् ।
साउनमा स्ट्याण्डर्ड चार्टर्ड, नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले क्रमशः ७ प्रतिशत र लक्ष्मी सनराइजले ६.५० र नेपाल एसबिआई बैकले ६.३० प्रतिशत ब्याज दिनेछन् ।
SHARE YOUR THOUGHTS