![](https://internal.appharu.com/wp-content/uploads/2024/07/badri_pandey-768x578.jpg)
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन नीतिमा सुधार गर्न अध्ययन कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन् ।
सोमबार नै पदबहाली गरेका मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरेका हुन । अध्ययन समितिले तीन महिनाभित्र पर्यटन नीतिमा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिने गरी कार्यगत शर्त तोकिएको पर्यटन मन्त्री पाण्डेले बताए ।
SHARE YOUR THOUGHTS