![](https://internal.appharu.com/wp-content/uploads/2024/06/golveda.jpg)
काठमाडौं । केहि समय यता स्वदेशमा उत्पादन भएको ठूलो गोलभेडाको मूल्य अत्यधिक बढिरहेको अवस्थामा स्वदेशमै उत्पादन भएको सानो गोलभेडा भन्ने निक्कै सस्तो छ ।
सानो गोलभेडाको मूल्यमा खासै धेरै उतार चढाव भएको छैन् । यो गोलभेडा शुक्रबार कालिमाटी तरकारी बजारमा १६.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै टनेलमा उत्पादन भएको स्वदेशी गोलभेडाको मूल्यमा पनि खासै असर गरेको छैन् । टनेलमा उत्पादन भएको सानो गोलभेडा प्रतिकिलो २४.२० रुपैयाँमा बिक्री भएको छ ।
उता स्वदेशमै उत्पादन भएको ठूलो गोलभेडा भने ११६.६७ रुपैयाँ प्रतिकिलोमा शुक्रबार बजारमा कारोबार गरेको छ । रातो आलु ६९.६०, मुढे रातो आलु ५१, सेतो आलु ४९, प्याज ९२, गाजर ९६, बन्दा ४५, स्थानीय काउली ७६, ज्यापु काउली ९६, सेतो मुला ३६, लाम्चो भान्टा ८६, तने बोडी ११०, घिउ सिमी १६६ र घिउ सिमी हाइब्रीड १७० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
ह्वातै बढेको काउलीसहित केही तरकारीको मूल्य शुक्रबार भने घटेको छ । राजमा घिउ सिमी १४५, तिते करेला ८२, लौंका ९०, परवर ७६, चिचिण्डो ६६.६७, घिरौंला ११६, झिगुनी ७६.६७, पाकेको फर्सी ६८.६७, डल्ले फर्सी ८६.६७, भिण्डी ११०, पिडालु ९६.६७, स्कुस ९६, रायो साग १८३.३३, कन्ये च्याउ १८०, डल्ले च्याउ ३०० र राजा च्याउ २९० रुपैयाँ प्रतिकिलोमा कारोबार गरेको छ ।
यस्तै न्युरो ११५, ब्रोकाउली ११०, कटहर ४६.६७, भेडे खुर्सानी ११६ , अदुवा २३० र स्वदेशी लसुन २१० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तो छ कालिमाटी बजारमा शुक्रबारको तरकारीको थोक मूल्य
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/Saun-4-1-543x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/Saun-4-2-543x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/Saun-4-3-768x509.jpg)
SHARE YOUR THOUGHTS