![](https://internal.appharu.com/wp-content/uploads/2024/07/acc-saure-11-768x432.jpg)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १५ जनाको शव त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।
१५ जनाको शव पोष्ट माटमका लागि अस्पताल लगिएको हो । विमान दुर्घटनामा २२ जनाको मृत्यु भएको छ ।
विमानस्थल यात्रुको सूचीमा १७ जनाको नाम रहेको थियो । विमानमा रहेका १७ जना र विमान दुर्घटना हुँदा ४ जना सडक यात्रुको मृत्यु भएको क्यानका प्रवक्ता हंशराज पाण्डेले बताए ।
जहाज दुर्घटनामा घाइते पाइलट मनिष शाक्यको उद्दार पछि उपचारका लागि केएमसी अस्पताल लगिएको छ ।
SHARE YOUR THOUGHTS