![](https://internal.appharu.com/wp-content/uploads/2024/07/tate-simi-768x429.jpg)
काठमाडौं । कालिमाटी तरकारी बजारमा सोमबारको तुलनामा मंगलबार अधिकाँश तरकारीको मूल्यमा २ रुपैयाँदेखि अधिकतम १५ रुपैयाँ घटेको छ ।
जसअनुसार सोमबार प्रतिकिलो ११५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको टाटे सिमीको मूल्यमा मंगलबार १५ रुपैयाँ घटेर प्रतिकिलो ९५ रुपैयाँमा बिक्री भएको छ ।
यस्तै सोमबारको तुलनामा स्थानीय ज्यापु काउलीको मूल्य भने मंगलबार बढेको छ । सोमबार प्रतिकिलो ९६.६७ रुपैयाँमा बिक्री भएको यो काउलीमा मंगलबार १४ रुपैयाँ बढेर प्रतिकिलो ११० रुपैयाँमा बिक्री भएको छ । परवरको मूल्यमा पनि १० रुपैयाँ घटेको छ । मंगलबार परवर प्रतिकिलो ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । सोमबार भने ६५ रुपैयाँमा परवर बिक्री भएको थियो ।
मंगलबार गाजर प्रतिकिलो ११०, बन्दा ४५, स्थानीय काउली ८५, सेतो मुला २२.३३, लाम्चो भान्टा ५५, तने बोडी ७५, घिउ सिमी ६५, तिते करेला ४५, लौंका ३५, चिचिण्डो ४५, घिरौला ३५, झिगुनी ५५, पाकेको फर्सी ६२, हरियो डल्ले फर्सी ६५, भिण्डी ३५, स्कुस ६५, रायो साग ८५ र पालुङ्गो साग ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै ठूलो गोलभेडा ७५, सानो गोलभेडा २२, टनेलको सानो गोलभेडा ३५, रातो आलु ६७.३३, मुुढे रातो आलु ४९.७५, सेतो आलु ५१, प्याज ८२.२५, कन्ये च्याउ १८०, डल्ले च्याउ २९०, राजा च्याउ २९०, ब्रोकाउली ११५, कटहर ४५, अदुवा १९०, भेडे खुर्सानी ९५ र स्वदेशी लसुन २१० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तो छ कालिमाटी बजारमा मंगलबारको तरकारीको थोक मूल्य
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/Saun-15-1-543x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/Saun-15-2-543x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/Saun-15-3-768x597.jpg)
SHARE YOUR THOUGHTS