काठमाडौं । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गतका लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड-२ ले प्रतिफल घोषणा गरेका छन् ।
दुवै फण्डले गत आर्थिक वर्षको नाफाबाट प्रतिफल घोषणा गरेका हुन् । लक्ष्मी उन्नती कोषले करसहित ७.५० प्रतिशत र लक्ष्मी भ्यालु फन्ड–२ ले कर सहित ४.५० प्रतिशत प्रतिफल घोषणा गरेका हुन् ।
सोमबार बसेको सञ्चालक समिति बैठकले प्रतिफल घोषणा गरेका हुन । प्रतिफल घोषणा गरेका दुवै फण्डले बुक क्लोज मिति तय गर्न बाँकी छ ।
SHARE YOUR THOUGHTS