गुल्मी । गुल्मीको रुरुमा अरिङगालले टोकेर एक युवकको मृत्यु भएको छ । अरिङगालले टोकेर रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवरको शुक्रबार मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार केसीका अनुसार बिहीबार राति घर नजिकै बारीको छेउमा सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा अरिङगालको समूहले कुँवरलाई टोकेको थियो ।
अरिङगालले टोकेर सख्त घाइते भएका कुँवरलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा शुक्रबार मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए ।
SHARE YOUR THOUGHTS