कालिमाटी तरकारी बजारमा आज : डल्ले च्याउमा १९ रुपैयाँ घट्यो, अन्य तरकारीको मूल्य कति ? « Eglish Khabarhub

कालिमाटी तरकारी बजारमा आज : डल्ले च्याउमा १९ रुपैयाँ घट्यो, अन्य तरकारीको मूल्य कति ?



काठमाडौं । कालिमाटी तरकारी बजारमा आइतबारको तुलनामा सोमबार डल्ले च्याउको मूल्य प्रतिकिलो १९ रुपैयाँ घटेको छ ।

आइतबार प्रतिकिलो ३४३ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको यो च्याउ सोमबार ३२४ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । त्यस्तै गाजर प्रतिकिलो ११६ रुपैयाँमा बिक्री भएको छ ।

यस्तै बन्दा ६६, स्थानीय काउली ६५, ज्यापु काउली ९०, सेतो मुला १७.५०, लाम्चो भान्टा ४६, तने बोडी ८६.६७, टाटे सिमी ११०, तिते करेला ३४, लौ.का ३५, परवर ५५, चिचिण्डो ३५, घिरौला ३५, झिगुनी ६६.६७, पाकेको फर्सी ५८.३३, डल्ले हरियो फर्सी ६५, भिण्डी ५४ र स्कुस ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै स्वदेशी ठूलो गोलभेडा ६६.६७, सानो गोलभेडा १४, टनेलको सानो गोलभेडा २३.४०, रातो आलु ६९, मुढे आलु ५४, सेतो आलु ५१, प्याज ९८, रायो साग ८७.५०, तोरीको साग ५५, कन्ये च्याउ १८६, डल्ले च्याउ ३२४, राजा च्याउ २९०, ब्रोकाउली १९० र भेडे खुर्सानी ९० रुपैयाँ प्रतिकिलोमा सोमबार बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा सोमबारको तरकारीको थोक मूल्य

Publish on: