काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलसमशेर राणाले लगातर हवाई दुर्घटना भइरहेको भन्दै त्यसको जिम्मेवारी कसले लिने हो भन्दै प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा राणाले दुई हप्तामा काठमाडौंमै दुई हवाई दुर्घटना हुनु सामान्य कुरा नभएको भन्दै घटनाको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरे ।
‘यो सामान्य विषय होइन । दुई सातामा दु्ई हवाई दुर्घटना भएको छ । तर कोही जिम्मेवारी लिन तयार छैनन,’ पर्यटनमन्त्री बद्री पाण्डेले बोलेपछि धारणा राखेका सांसद राणाले भने,’मन्त्रीज्यू, क्यान कसले हो जिम्मेवारी लिने जनताले खोजिरहेका छन् ।’
कसैले जिम्मेवारी नै नलिने तर आयोग बनाएर उम्कन खोज्ने काम ठिन नभएको उनले बताए । बारम्बार दुर्घटना हुँदा पनि क्यान जिम्मेवार हुन नसकेको उनको भनाइ थियो ।
SHARE YOUR THOUGHTS