![](https://internal.appharu.com/wp-content/uploads/2024/06/chiribabu-maharjan.png)
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरले सम्पदाको संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
बिहीबार ललतिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ललितपुर महानगरपालिकाले लिएका धेरै नीतिहरुमध्ये सम्पदा क्षेत्रको संरक्षणको नीति प्राथमिकताका साथ अघि बढाएको उनले बताए ।
उनले सम्पदा संरक्षणमा कुनै सम्झौता नहुने पनि बताएका थिए । सम्पदा संरक्षणमा कुनै कमजोरी नगरी महानगरले काम गरिरहेको भन्दै महर्जनले ललितपुर महानगर क्षेत्रभित्र रहेका सम्पूर्ण सम्पदाहरुलाई सम्मान गरेर आफूहरु संरक्षणमा जुटेको बताए ।
यस्तै सम्पदाको क्षेत्रमा महानगरले कायापलट हुनेगरी काम गरेको पनि उनले दाबी गरे । ‘ललितपुर महानगरपालिकाले लिएका धेरै नीतिहरुमध्ये एउटा सम्पदा क्षेत्र हो । सम्पदा क्षेत्रमा हामी कुनै पनि किसिमको सम्झौता गर्दैनौँ । कुनै कमजोरी गर्दैनौँ । ललितपुर महानगर क्षेत्रभित्र रहेको सम्पूर्ण सम्पदाहरुलाई सम्मान गर्नुपर्छ । व्यवस्थापन र सुधार गर्नुपर्छ भन्ने लक्ष्य राखेर अघि बढेका छौँ,’ प्रमुख महर्जनले बताए ।
मेयर महर्जनले महानगरभित्र अवैधानिक रुपमा गर्ने क्रियाकलापहरुलाई बन्द गर्न महानगर प्रहरीले सशक्त भएर काम गर्ने पनि उनले बताएका थिए ।
SHARE YOUR THOUGHTS