![](https://internal.appharu.com/wp-content/uploads/2023/11/Sarbottam_Bishnu-Neupane-768x403.jpg)
काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीको संस्थागत लगानीकर्ता तथा सामुहिक लगानी कोषका लागि छुट्याइएको साधारण सेयरको लकइन अवधि सकिने भएको छ ।
कम्पनीको योग्य संस्थागत लगानीकर्ता तथा सामुहिक लगानी कोषको लकइन अवधि २०८१ भदौ २५ गते सकिने भएको छ ।
सर्वोत्तम सिमेन्टले जारी पूँजी ४ अर्ब ६५ करोड मध्ये १२।९०३३ प्रतिशतले हुन आउने ६० लाख कित्ता साधारण सेयर मध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गरेको थियो ।
सर्वसाधारणका लागि निष्काशन गर्न छुट्टयाईएको सेयर मध्य ५ प्रतिशत अर्थात १ लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सामूहिक लगानी कोषहरुको लागि छुट्टयाई बाँडफाँड गरेको थियो । बाँकी सेयर सर्वसाधारणलाई २०८० फागुन २५ गते बाँडफाँड गरिएको थियो ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/08/image-11-766x768.png)
SHARE YOUR THOUGHTS