जीवन बिमा कम्पनीको बिमा शुल्क आर्जन डेढ खर्ब, एक महिनामा पौने ७ अर्ब

जीवन बिमा कम्पनीको बिमा शुल्क आर्जन डेढ खर्ब, एक महिनामा पौने ७ अर्ब


काठमाडौं । गत आर्थिक वर्षमा जीवन बिमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । असार मसान्तसम्म सक्रिय रहेको बिमा लेखको संख्या १ करोड ३७ लाख ७४ हजार ६३५ रहेको छ ।

बिमा प्राधिकरणका अनुसार असार एक महिनामा मात्रै १४ वटा बिमा कम्पनीले ५ लाख ५५ हजार ९२१ वटा बिमालेख जारी गरेर २२ अर्ब ७० करोड ५५ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । प्राधिकरणका अनुसार असार महिनामा प्रथम बिमा शुल्क ६ अर्ब ७८ करोड १४ लाख रुपैयाँ र नवीकरणीय बिमा शुल्क १५ अर्ब ९२ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

प्राधिकरणका अनुसार असार महिनामा सबैभन्दा बढी प्रथम बिमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले असार मसान्तमा १ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ प्रथम बिमा शुल्क संकलन गरेको छ ।

धेरै प्रथम बिमा शुल्क आर्जन गर्ने दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले ८९ करोड ५२ लाख रुपैयाँ प्रथम बिमा शुल्क संकलन गरेको छ । तेस्रो स्थानमा रहेको एलआईसी नेपालले ५३ करोड ४७ लाख रुपैयाँ प्रथम बिमा शुल्क संकलन गरेको छ ।

हिमालयन लाइफले ५३ करोड, सूर्यज्योती लाइफले ५२ करोड १४ लाख, एशियन लाइफले ४० करोड ४२ लाख, सिटिजन लाइफले ३५ करोड ९७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । बिमा प्राधिकरणका अनुसार सानिमा रिलायन्स लाइफले ३५ करोड ४३ लाख, आइएमई लाइफले २८ करोड ४३ लाख, प्रभु महालक्ष्मी लाइफले २६ करोड २१ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले २५ करोड ५३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

यता सन नेपाल लाइफले २४ करोड ११ लाख, रिलायबल नेपाल लाइफले २२ करोड २४ लाख, मेट लाइफले १४ करोड ८६ लाख रुपैयाँ प्रथम बिमा शुल्क संकलन गरेको छ ।