काठमाडौं । नेपाली कांग्रेसबाट समानुपातिक सांसदको उम्मेद्वार बनेका खर्बपति बिनाद चौधरीले आफू किन कांग्रेस प्रबेश गरेँ भनेर बक्तव्य नै निकालेका छन् । यसअघि एमालेबाट समानुपातिक तर्फबाट सांसद बनेका चौधरी यो पटक बामबन्धी छाडेर कांग्रेस प्रबेस गरे पछि राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भइरहेको अवस्थामा चौधरीले कांग्रेस प्रवेसबारे प्रष्टोक्ति दिएका छन् ।
मंगलबार बिज्ञप्ती जारी गर्दै चौधरीले कांग्रेससँग विगतदेखि नै आफ्नो निकटता रहेको जानकारी गराएका छन् ।
चौधरी कांग्रेस प्रवेश गर्ने निश्चित भइ सकेपछि सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले सोमबार सार्वजनिक पत्र लेखेर उनलाई स्वागत गरेका थिए। कांग्रेसले सार्वजनिक गरेको उक्त आव्हान तथा पहलबाट आफू झनै उत्साहित भएको भन्दै विज्ञप्ती निकालेका छन् ।
‘२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालको दीर्घकालिन आर्थिक रुपान्तरणको प्रारम्भिक चरणमा मैले नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्ष एवं अध्यक्षका हैसियतले तत्कालिन प्रधानमन्त्री द्वय स्व. कृष्णप्रसाद भट्टराई र स्व। गिरिजाप्रसाद कोइरालासँग काम गर्ने शौभाग्य प्राप्त गरेको स्मरण गर्न चाहान्छु, उनले उल्लेख गरेका छन्, त्यतिबेला चालिएको आर्थिक सुधारको परिणाम स्वरुप उच्च आर्थिक बृद्धिदर, निर्यात ब्यापार, राजश्व संकलन, विदेशी लगानी लगायतमा ऐतिहासिक उपलब्धी हासिल भएको थियो।’
आफूले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मञ्चहरू मार्फत् राष्ट्रको प्रतिष्ठा अभिबृद्धि र लगानी प्रवर्धनलाई आफ्नो प्रमुख एजेण्डा बनाउँदै आएको र वर्ल्ड इकोनोमिक फोरम देखि फोर्ब्स सम्मका विश्वविख्यात अन्य फोरमहरुमा पनि नेपाललाई दक्षिण एसियाको नमूना राष्ट्रका रुपमा स्थापित गर्न सम्भव छ भन्ने बारेमा मैले अन्तर्राष्ट्रिय जगतको ध्यानकर्षण गराउदै आएको चौधरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
SHARE YOUR THOUGHTS