![](https://internal.appharu.com/wp-content/uploads/2018/07/accident-1.jpg)
काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिकास्थित ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गस्थित कन्चनरुपबाट भारदहतर्फ जाँदै गरेको को १ ख ७४१४ नम्बरको ट्याङ्करले विपरीत दिशातर्फबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो ।
दुर्घटनामा सुनसरीका ४१ वर्षीय महेश कुमार मेहता र ४२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको हो । सप्तरी प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका जयप्रकाशको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो भने महेशको घटनास्थलमै मृत्यु भएको थियो ।
डिजेल बोकेको ट्यांकरका चालक सिरहाका मिथलेश यादव पनि घाइते छन् । चालक यादव अहिले प्रहरी नियन्त्रणमा रहेको र उनको अस्पतालमा उपचार भइरहेको सप्तरी प्रहरीले जानकारी दिएको छ । ट्यांकरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
SHARE YOUR THOUGHTS