![](https://internal.appharu.com/wp-content/uploads/2024/07/rabi-lamichane2-768x403.jpg)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद स्वीकार्य नहुने बताएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा लामिछानेले हदम्यादको विषयमा छलफल भइरहँदा युवाहरुले चिन्ता व्यक्त गरिरहेको बताए । धेरै युवाहरूले आफूलाई फोन गरेको र त्यसमध्ये १५० वटा फोन उठाउन भ्याएको बताए ।
‘युवाहरूले यो प्रस्ताव पारित हुने त होइन, कतै भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद हुने त होइन? भन्ने युवाहरूले चित्ता रहेछ । म मेरो र मेरो दलको तर्फबाट सिंगो सदनलाई जानकारी गराउँछु, भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्न हुने छैन । नो इफ नो बट हाम्रो कुरा क्लियर कट ।’
दुई दलको सरकार भएपछि डरको वातावरण बन्छ भनेर आफूले भनेको भन्दै त्यसमा चिन्ता गर्न आफूले भनेको र अहिले युवाहरुको चिन्ता देखेर खुसी लागेको उनले बताए । नीतिगत भ्रष्टाचारको विषयमा पनि गम्भीर रूपमा हेर्नुपर्ने उनले बताए।
SHARE YOUR THOUGHTS