![](https://internal.appharu.com/wp-content/uploads/2018/07/earthwuake.jpg)
काठमाडौं । संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार दिउँसो संखुवासभाको गडीडन्डा क्षेत्रमा ३ बजेर ७ मिनेटमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ३.९ म्याग्निच्युडको भूकम्प मापन भएको जनाएको छ ।
यसअघि, साउन २० गते ताप्लेजुङमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
SHARE YOUR THOUGHTS