२८ मंसिर २०८२, शनिबार

अमेरिकामा मुना पाण्डेमाथि गोली हान्ने पुरुषको सीसीटीभी फोटो सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकाको टेक्ससस्थित ह्युस्टनमा एक नेपाली युवतीको गोली हानी हत्या भएको घटनामा एक जनाको तस्बिर सार्वजनिक भएको छ ।

नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर बुधबार ह्युस्टन प्रहरीले सार्वजनिक गरेको हो । यद्यपि अभियुक्तको पहिचान भने नखुलेको ह्युस्टन प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने नेपाली अखबार नेप्योर्कले उल्लेख गरेको छ।

ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डेमाथि सोमबार साँझ आफ्नै घरमा गोली हानी हत्या गरिएको थियो।

सीसीटीभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएको जनाइएको छ । तर, मुना प्रेम सम्बन्धमा रहेको भनिएको अमेरिकी युवक ती अभियुक्त नरहेको प्रहरीको भनाइ छ ।

भोजपुरकी मुना शनिबारदेखि सम्पर्कविहीन थिइन् । पछि उनी आफ्नै घरमा मृत भेटिएकी थिइन् । मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।