टाटाको एस फ्ल्याटबेड र सिएलबी कमर्सियल ईभी पोखराबाट सार्वजनिक, कति पर्छ ? « Eglish Khabarhub

टाटाको एस फ्ल्याटबेड र सिएलबी कमर्सियल ईभी पोखराबाट सार्वजनिक, कति पर्छ ?



काठमाडौं । नेपालको लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाका एस फ्ल्याटबेड र सिएलबी विद्युतीय गाडीहरु सार्वजनिक गरेको छ ।

पोखराबाट कम्पनी मिनि लन्च गरेर गाडीहरु सार्वजनिक गरेको हो । एस फ्ल्याटबेडको २१ लाख ९९ हजार रुपैयाँ पर्छ भने सिएलबीको २२ लाख ७९ हजार रुपैयाँ पर्छ ।  दुवै कमर्सियल ईभी हुन् । फुल चार्जमा १५४ किलोमिटर रेन्ज दिन्छ । यो २७ किलोवाट गाडी हो ।

विद्युतीय गाडीहरु सञ्चालन लागतका हिसाबले अत्यन्तै किफायति हुने कम्पनीको दाबी छ ।

Publish on: