१ पुस २०८२, मंगलबार

सेयर बजार राताम्मे, घट्दै कारोबार रकम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजारसँगै कारोबार रकम पनि घटेको छ ।

बजार मापन गर्ने सूचक ३६.८३ अंकले घटेर परिसूचक २७४९.५७ बिन्दु कायम भएको छ । बजार राताम्मे बन्दा परिसूचक साढे २७ सयको बिन्दुबाट तल झरेको छ ।

३२२ कम्पनीको २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता सेयर १२ अर्ब २४ करोड ३६ लाख १ हजार ३६५ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको उपसूचक २८.८२, विकास बैंक ६२.०६, होटल १३२.५०, वित्त ३४.०६, जलविद्युत ४.७८, जीवन बिमा २८८.८१, उत्पादन तथा प्रशोधन ७१.२६, माइक्रोफाइनान्स १०५.११, निर्जीबन बिमा २५२.३३, ट्रेडिङ समूहको उपसूचक २६.४९ अंकले घटेको छ । कारोबारमा ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ को घटेको छ ।

बजार राताम्मे बन्दा कुथली बुखरी स्मल हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।