डेडिकेटेड ट्रंक लाइको पैसा उठाउन शक्तिशाली संसदीय छानबिन समिति गठन गरौं: गोकुल बाँस्कोटा (भिडियो) « Eglish Khabarhub

डेडिकेटेड ट्रंक लाइको पैसा उठाउन शक्तिशाली संसदीय छानबिन समिति गठन गरौं: गोकुल बाँस्कोटा (भिडियो)



काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले डेडिकेटेड ट्रंक लाइको पैसा उठाउन शक्तिशाली संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसद बाँस्कोटाले लेखा समितिले नपुग्ने हो भने संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे ।

‘लेखा समितिले पुग्दैन भने संसदबाट एउटा शक्तिशाली छानबिन समिति गठन गरियोस्, किन २२ अर्ब उठेन, कसका कारण उठेन,’ उनले भने ‘कसले त्यो रकम रोक्यो, त्यो कुरा चाहियो ।’

लेखा समितिले स्वतन्त्रतापूर्वक काम गर्न नपाउने हो भने समिति गठन गर्नुपर्ने उनको भनाइ छ ।

२२ अर्ब रुपैयाँ महालेखापरीक्षकले बेरुजु देखाएको बताउँदै उनले त्यो पैसा उठनु पर्छ भनेर भन्दै आएको बताए । पैसा उठाउने जिम्मेवारी लिएकाले पनि उठाएको नदेखिएको उनको भनाइ छ ।

‘उठाउन खोजेनन् माफीयाहरुको संरक्षण गर्न खोजे भन्ने प्रतिपक्षीय दलको नेताले पनि फेरी २ वटा पत्र लेखेर उठाउनु पर्दैन भन्नभयो’ उनले भने ‘त्यसो भए भन्नुपर्ने भयो माफीयाहरुको संरक्षण कसको पालमा भएको रहेछ किन भएको रहेछ अब हामी सोध्छौं ।’

डेडिकेटेड ट्रंक लाइको पैसा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण उठाउन नसकेको उनको दाबी छ ।

उनले पैसा नतिर्न भन्दै दुईवटा पत्र लेखिएको स्मरण गराए । प्रचण्डसँग लेखा समितिले स्पष्टीकरण सोध्न खोजेको भन्दै बाँस्कोटाले संसदले पनि उनीसँग स्पष्टीकरण माग्नु पर्ने बताए ।

https://www.facebook.com/clickmandu/videos/1041138007599935

Publish on: