मोटरसाइकल छाडेर कार चढ्न मन छ ? यी हुन् कम मूल्यमा पाइने कार « Eglish Khabarhub

मोटरसाइकल छाडेर कार चढ्न मन छ ? यी हुन् कम मूल्यमा पाइने कार


१५ भाद्र २०८१, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । चार पाङ्ग्रे सवारी साधन चढ्ने सबैको चाहना हुन्छ । अझ दुई पाङ्ग्रे सवारी साधन चढिरहेकाहरुलाई त झन् चार पाङ्ग्रेमा अपग्रेड हुने चाहना हुनु स्वभाविक हो । चारपाङ्ग्रे सवारीमा अपग्रेड हुने सोच्दै हुनु हुन्छ भने नाडा अटो शोमा प्रदर्शनीमा रहेका कारहरु यी कारहरु तपाईंका लागि उत्तम विकल्प हुन सक्छ ।

टियागो ईभी

टाटाका लागि सिप्रदी ट्रेडिङले आयात गर्ने टियागो ईभी इन्ट्री लेभलको नेपालमा मन पराईएको कार हो । टाटा टियागो ईभी नेपालमा पाइने सस्तो कार हो ।

टाटा टियागो कार नेपाली बजारमा तीनवटा भेरियन्टमा उपलब्ध छ । एक्स टी भेरियन्टको मूल्य २७ लाख ४९ हजार रुपैयाँ छ । एक्स जेड भेरियन्टको मूल्य २८ लाख ९९ हजार रुपैयाँ छ । एक्सजेड प्लस टेक लक्स हाइ भेरियन्ट कार हो । यो कारको मूल्य २९ लाख ९९ हजार रुपैयाँ पर्छ । कम्पनीले करिब एक वर्षमा टियागो ईभी १९०० युनिट बिक्री गरिसकेको छ ।

नामी

चिनियाँ कम्पनी डोङफेङले उत्पादन गरेको नामी कार पनि सस्तो इन्ट्री लेभलको कार हो । नामीका कारहरु नेपालमा एमएडब्लुवृद्धिले बिक्री गर्छ । नामीमा नामी ई-१,ई २ र ई ३ गरी तीनवटा मोडल नेपाली बजारमा सार्वजनिक भएको छ ।

नामी ई को मूल्य २९ लाख ९९ हजार रुपैयाँ, नामी ई २ को ३१ लाख ९९ हजार र नामी ई ३ को ३४ लाख ९९ हजार रुपैयाँ पर्छ ।

टाटाको पन्चको ३७ लाख र बिवाईडी डल्फिनको ४१ लाख रुपैयाँ पर्छ । तुलनात्मक रुपमा यी दुई कारभन्दा नामी सस्तो देखिएको छ ।

नामीमा ७० किलोवाटको मोटर पावर छ । नामी बक्सको ठूलो ब्याट्री अप्सनले ३१० किलोमिटर रेन्ज दिन्छ । नामीको टप स्पीड १४० किलोमिटर प्रतिघण्टा छ ।

सेरेस मिनी ईभी

सेरेस मिनि ईभी नेपाली बजारमा आएको सस्तो इन्ट्री लेभलको गाडी हो । मिनी ईभी १८० टपको १७ लाख ४९ हजार रुपैयाँ पर्छ। मिनी ईभी २२० टपको १८ लाख ९९ हजार रुपैयाँ पर्छ ।

१८० टप फुल अप्सनमा उपलब्ध छ । १४० एमएम ग्राउण्ड क्लेयरेन्स छ भने यो चार सिटे गाडीमा पीक पावर ४० किलोवाट छ ।

केई

नेपालका लागि केईका लक्ष्मी ईमोबिलिटी र जिओ अटो मोबाइल्सले नाडा अटो शोमा तीन वटा मोडल ल्याएको छन्।
इक्वीट–०२ को मूल्य १९ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसले २०० किलोवाटसम्म रेञ्ज दिन्छ । यस्तै ३०० किलो मिटरसम्म रेञ्ज भएको गाडीको मूल्य २२ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

यस्तै इक्वीट ०४ को ३०० किलो मिटरसम्म रेञ्ज दिने गाडीको मूल्य २४ लाख ९६ हजार रुपैयाँ रहेको छ । एक्स बी प्रो ईभीको डिलक्सको मूल्य ४९ लाख ९६ हजार र फ्ल्ग्यापसिपको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

नाडा अटो शा मा यो गाडी किन्नेले एक वर्षको बिमा, एक वर्षको सडक करको सुविधा पाउनेछन् । इक्वीट २ र ४ इन्ट्री लेभलका कार हुन् ।

भोल्ट्स

एसक्युब इन्टरप्राइजेजले ल्याएको भोल्ट्स इन्ट्री लेभलको सस्तो कार हो । भोल्ट्सका दुई वटा मोडल नेपाली बजारमा उपलब्ध छ । एचईभी-३०० र एच मोडल उपलब्ध छ ।

एचईभी-३००को २५ लाख ९५ हजार रुपैयाँ पर्छ । नाडामा छुट सहितको मूल्य हो । पछि किन्दा यो गाडीको मूल्य २८ लाख रुपैयाँ पर्छ । भोल्ट एच भने २० लाख रुपैयाँभन्दा कम मूल्यको कार हो । यो कारको १९ लाख ९५ हजार रुपैयाँ पर्छ । यो पनि नाडाको अफर हो । यसको नियमित मूल्य २१ लाख ५० हजार पर्ने कम्पनीले जनाएको छ ।

ब्रम्बी

चिनियाँ यो कार एलएलआर ग्रुपले नेपाल ल्याएको हो । २३ लाख पर्ने यो कार नाडामा २१ लाख ९० हजार रुपैयाँमा नै पाइन्छ । ३० किलोवाटको मोटर छ । यो ह्याचब्याक कार हो । २०५ किमीसम्म रेन्ज दिन्छ ।

मंगलबारदेखि सुरु भएको नाडा अटो शो आइतबारसम्म सञ्चालन हुनेछन् ।

यदि इन्ट्री लेभलभन्दा माथि उक्लन खोजे उपयुक्त विकल्प टाटा पन्च ईभी हुन सक्छ । यो सस्तो मूल्यमा पाइने एसयुभी ईभी हो।

नेपाली बजारमा पन्च ईभी तीन भेरियन्टमा उपलब्ध हुने छ । पन्च ईभी इमपावर्ड प्लस एस एमआर ३३ लाख ९९ हजार, पन्च ईभी इमपावर्ड एलआरको मूल्य ३६ लाख ९९ हजार र पन्च ईभी इमपावर्ड प्लस एसएलआर ३८ लाख ९९ हजार पर्ने छ । पन्च ईभी इमपावर्ड प्लस एस एमआर भने नेपाली बजारमा उपलब्ध छैन् ।

उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको कम्पनीले दाबी गरेको छ । साथै, पर्यावरणमैत्री एवं खर्चको दृष्टिकोणले किफायति रहेको छ ।

एक विशेष इलेक्ट्रिक एसयूभीमा हुनुपर्ने हरेक गुण पन्च इभीमा रहेको कम्पनीको भनाइ छ । १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्‍याम्प ओभर एंगल्स लगायतका बिशेषताहरु रहेका छन् । यसका साथै यस गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार ००:००  २ : ०८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping