२८ मंसिर २०८२, शनिबार

सेयर बजार राताम्मे, परिसूचक २६ सयमा झर्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । साताको पहिलो दिन आइतबार बजारसँगै कारोबार रकम समेत घटेको छ । बजार मापन गर्ने सूचक ५३.६३ अंकले घटेर परिसूचक २६९५.९३ बिन्दु कायम भएको छ ।

बजार घटेसँगै कारोबार रकम समेत निकै घटेको छ । ३३७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता सेयर १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३४९ रुपैयाँको सेयर कारोबार भएको छ । पछिल्ला केही कारोबार दिनमा रकम घट्दै गएको छ ।

कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ ३६.५१, विकास बैंक १००.९८, वित्त १२२.६७, होटल २१३.३४, जलविद्युत ८२.३२, जीवन बिमा १९४.६८, उत्पादन तथा प्रशोधन १३१.३९, माइक्रोफाइनान्स ९६.०८, निर्जीबन बिमा १६२.५१, अन्य २२.०५, ट्रेडिङ समूहको उपसूचक ७.२२ अंकले घटेको छ ।

कारोबारमा ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने २०९ कम्पनीको घटेको छ । कारोबारमा सुपर माई हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै पिपुल्स पावर, माईखोला हाईड्रोपावर, थ्रि स्थाट हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।